कांग्रेसको महाधिवेशन फागुनमै, अन्य कार्यतालिका भने हेरफेर « Khabarhub

कांग्रेसको महाधिवेशन फागुनमै, अन्य कार्यतालिका भने हेरफेर


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुन ७ गतेदेखि शुरु हुने महाधिवेशन समयमै सम्पन्न गर्नेगरी तल्लो तहको आन्तरिक कार्यतालिका परिमार्जन गर्ने प्रस्ताव पेश गरेको छ ।

आज केन्द्रिय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने गरी प्रस्ताव पेश गरेको हो ।

केन्द्रीय समिति बैठकले असार १५ गते भित्र सक्ने भनेर निर्धारण गरेको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने गरी तयारी गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुष ७ गते देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने प्रस्ताव पनि केन्द्रीय समिति बैठकले गरेको छ ।

७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते, प्रदेशसभाको पुष ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने प्रस्ताव पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुष १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने  प्रस्ताव कांग्रेस केन्द्रीय समिति बैठकले गरेको छ ।

कांग्रेसले प्रधानमन्त्रीले सरकार परिवर्तनका लागि भारतले षडयन्त्र गरिरहेको भनेर दिएको अभिव्यक्तिका विषयमा समेत बैठकमा छलफल भएको छ ।

बैठकपछि प्रवक्ता शर्माले भने,‘ नक्साको विषयलाई आफूले दिएको अटोग्राफजस्तो सोचेर पारित भएपछि मलाई हटाउनतर्फ अमुख देश लाग्यो भन्ने अभिव्यक्ति गैरजिम्मेवार, कुटनीतिक मूल्य मन्यताभन्दा बाहिरको अभिव्यक्ति छ ।’

नक्सा पारित गर्ने विषय प्रधानमन्त्रीको मात्रै नभएको भन्दै कांग्रेस प्रवक्ता शर्माले भने,‘नक्सा पारित गरेको विषय एक प्रधानमन्त्रीको विषय होइन् । सिंगो देश एक भएर संसदले पारित गरेको नक्सा हो । सबैको साझा स्वामित्व छ ।’

नक्सा प्रकाशित भएपछि भूमि फिर्ताका लागि पहल गर्न आग्रह गर्दा पनि प्रधानमन्त्रीले विषयान्तर गर्न खोजेको कांग्रेसले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ४२ बजे

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी