नेपालमा रहेका सबै जात-जातिहरुले आ-आफ्नै धर्म र संस्कृति अनुरुप विभिन्न चाडपर्वहरु मनाउने गर्दछन् ।
चाडपर्वमा विशेष गरी दही, माछा-मासु, खिचडी, सेल, घ्युचाकु, दही चामल, दही च्यूँरा, खिर आदि परिकारहरु बनाइ खाने प्रचलन रहेको पाइन्छ ।
नेपालमा प्रत्येक वर्ष साउन १५ गते खिर खाएर मनाउने गरिन्छ । पुर्खाहरुले धार्मिक तथा वैज्ञानिक महत्वलाई बुझेर नै हाम्रो मौलिक संस्कृति जोगाउन साउन १५ मा खिर खाने प्रचलन बनाएको जानकारहरु बताउँछन् ।
यो हाम्रो लागि ठूलो उपलब्धि हो । किनकी यसले हाम्रो सांस्कृतिक महत्वलाई मात्र दर्शाउँदैन, पारिवारिक जमघट र आफन्तहरुबीचको सामिप्यतालाई अझ प्रगाढ बनाउँछ ।
यसले देशको पहिचान बढाउनुका साथै पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुर्याउँछ । विभिन्न सांस्कृतिक परम्परा नै हाम्रो देशो मौलिक पहिचान हो । यस्तो संस्कृति कतै पनि छैनन् । हाम्रा मौलिक पहिचानको जर्गेना गर्नु ठूलो चुनाैती बन्दै गएको छ । यसमा आम जनताको चासो रहन आवश्यक छ ।
साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा लिइन्छ । प्राचिन कालदेखि खिर एक उत्कृष्ट र पवित्र खानाको रुपमा लिइन्छ । धार्मिक आस्था राख्नेहरुले खिरलाई शुद्ध परिकारका रुपमा समेत लिन्छन् ।
आयुर्वेद शास्त्रमा खिरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् । खिरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ। ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।
आर्युवेद विज्ञानमा समेत खिरको महत्व अझ ठूलो रहेको छ । यस दिन खिर खाएमा शुभ हुने धार्मिक मान्यता पनि छ ।
असार- साउन महिनामा धेरै वर्षा हुने र पानीले भिज्दा विभिन्न किसिमका रोग-व्याधिहरु लाग्ने तथा बिरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउन खिर खान उपयुक्त हुने आयुर्वेदले बताउँछ ।
आयुर्वेद शास्त्रमा खिरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् । खिरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ। ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। खिरले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा मानव स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।
वर्षायाममा विभिन्न संक्रमण भइ रोग लाग्ने गर्दछन् । त्यसैले रोग नलागोस् र संक्रमण नहोस्, थकान नलागोस् , फुर्ति प्रदान होस् भन्ने हेतुले खिर खाने गरिन्छ । गर्मी महिना भएको कारणले शरिरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ। यी र यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन साउन महिनामा दुध र दुधजन्य पदार्थको बढी नै सेवन हुने गरेको पाइन्छ ।
आजभोलि सबै किसिमका खानेकुराहरु सबै समयमा पाइने भए तापनि त्यसको सही उपभोग भएको पाइँदैन । जसका कारण मानिसहरुमा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या धेरै उत्पन्न भएको पाइन्छ ।
आजकाल चाडपर्व फेसनको रुपमा पनि मनाउने गरेको पाइन्छ । यसरी चाँडपर्वलाई फेसनका रुपमा भन्दा पनि मौलिक परम्परालाई जिवन्त राख्नेतर्फ ध्यान दिनु जरुरी हुन्छ ।
सरकारले करीब ४ महिनापछि लकडाउन खोले पनि कोरोनाको सन्त्रास यथावत नै छ । यसवर्ष गाउँघर होस या शहर बजार नै किन नहोस साउन १५ विगतका वर्षजस्तो उल्लाउसमय छैन ।
साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा ४ गुणा बढी हुने गर्दछ । दैनिक उत्पादनको दुधले नपुग्ने भएकोले डेरी उद्योगहरुले दुई चार दिन अगाडि देखि नै दुध भण्डारण गरि बिक्री गर्ने गरेको पाइएको छ । यस पटक भने कोरोना भाइरसका कारण दूधको खपतमा कमी आएको छ ।
सरकारले करीब ४ महिनापछि लकडाउन खोले पनि कोरोनाको सन्त्रास यथावत नै छ । यसवर्ष गाउँघर होस या शहर बजार नै किन नहोस साउन १५ विगतका वर्षजस्तो उल्लाउसमय छैन । कोरोना माहामारीका कारण होटल,रेष्टुरेण्ट, स्कुल, कलेज, पार्टीप्यालेस, क्यानटिन आदि सबै बन्द भएका कारण दुधको खपत पनि कम भएको छ ।
सबै किसिमका चाडपर्वको संरक्षण गरी भावी पुस्तालाई हाम्रा सांस्कृतिक परम्पराको महत्व बुझाउनु हाम्रो कर्तव्य हो । यसले हाम्रो देशको मौलिक पहिचान झल्काउँछ। पश्चिमा मुलुकको संस्कृतिको नक्कल गरेर होइन कि आफ्नै धर्म संस्कृति जोगाउनेतर्फ लाग्नु हाम्रो दायित्व पनि हो ।
( लेखक नेपाल डेरी एसोसिएशनका महासचिव हुन् )
प्रतिक्रिया