फेसबुक, एप्पलसहितका ४ कम्पनीले एकाधिकार कायम गरेको अमेरिकी सांसदहरूको आरोप « Khabarhub

फेसबुक, एप्पलसहितका ४ कम्पनीले एकाधिकार कायम गरेको अमेरिकी सांसदहरूको आरोप


१५ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वका चार ठूला अमेरिकी कम्पनी फेसबुक, एप्पल, गुगल र एम्जनले शक्तिको दुरूपयो गर्दै बजारमा एकाधिकार कायम गरेको अमेरिकी सांसदहरूले आरोप लगाएका छन् ।

संसदीय सुनुवाइमा उनीहरूमाथि प्रमुखहरू बजारमा प्रतिस्पर्धा दबाउन शक्तिको दुरूपयोग गरेको आरोप लगाइएको हो ।

संसदीय सुनुवाइको नेतृत्व गरेका डेमोक्र्याट सांसद डेविड सिसिलिनले एक वर्ष लगाएर सांसदहरूले गरेको अनुसन्धानबाट अनलाइन प्लेटफर्महरूले दायरा विस्तार गर्दा प्रतिस्पर्धीहरूलाई हानि पुर्‍याउने हिसाबले खर्च गरेको आरोप लगाए ।

बीबीसीका अनुसार सुनुवाइका क्रममा सांसदहरूले आफ्ना वेब पेजमा प्रयोगकर्ताहरूलाई तानिरहन गुगलले एल्पजस्ता साना कम्पनीद्वारा तयार पारिएका विषयवस्तु चोरेको पनि आरोप लगाएका छन् ।

पाँच घण्टा लामो सुनुवाइका क्रममा फेसबुकका मार्क जुकरबर्ग, एमेजनका जेफ बेजोस, गुगलका सुन्दर पिचाइ र एपलका टिम कूकलाई पाँच घण्टासम्म प्रश्नहरू सोधिएको थियो।

चारैजना प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो कम्पनीले कुनै गैरकानुनी काम नगरेको बताएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ८ : २० बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको