बाढीपहिरोले मुस्ताङका सडकमा क्षति, बाहिरी जिल्लासँगको सम्पर्क टुट्यो « Khabarhub

बाढीपहिरोले मुस्ताङका सडकमा क्षति, बाहिरी जिल्लासँगको सम्पर्क टुट्यो


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- बाढीले बाटो बगाएको २६ औँ दिनभयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन ।

बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा ।

सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ ।

हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका मुस्ताङका किसानले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा पनि समस्या भोग्नुपरेको छ ।

गत असार १९ गते भीषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो ।

सडक बगाएको झण्डै एक महिना बित्न लाग्दासमेत मर्मत गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिबृज बगाएपछि जिल्ला पुग्ने सडकमा अर्को ठूलो बज्र पर्‍यो ।

‘हामीले घोप्टेभिरमा बगाएको बाटो बनाउँदै थियौँ, नदीको किनार छुनेगरी गहिरिएको छ’, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, ‘घोप्टेभिरमा बनाए सडक चल्ला भन्ने थियो, पानी थपियो, ठाउँ ठाउँमा फेरि पहिरो खस्यो ।’

जिल्ला प्रवेश गर्ने एकमात्रै नाका घाँसादेखि माथि जोमसोमसम्म कयौं ठाउँमा सडक बगाएको छ । बेनीबजारदेखि मुस्ताङ जाने सडकमासमेत कतै बेलिबृज कालीगण्डकीले बगाएको छ भने कतै सडकका कल्भर्टनै छैनन् ।

‘एकदुई ठाउँ बनाएरमात्रै सडक चल्ने अवस्थामा छैनन्’, उनले भने, ‘वर्षा रोकिँना साथ काम त थालेका छौँ, बनाएको केहीबेरमै बगाएको छ ।’

सडक सम्पर्क टुटेको जिल्लामा हवाईसेवा समेत प्रभावित भएको छ । लकडाउनका कारण बन्द रहेको डोमेस्टिक हवाईसेवा सञ्चालनमा ल्याउने सरकारी निर्णयसँगै मुस्ताङमा चार्टर जहाज चल्दै आएका थिए ।

पछिल्लो केही दिनयता मौसममा खराबी आएको भन्दै चार्टर जहाजसमेत नचलेकाले जिल्ला पूर्णरुपमा बाहिरी जिल्लासँग सम्पर्कविच्छेद भएको छ ।

सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ । ‘खाद्यान्नको अभाव अझलाई टारिएको छ तर अझै लामो समय बन्द रहे भन्न सकिन्न’, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद तुलाचनले भने, ‘तेल, ग्यास छैन ल्याउने बाटो छैन ।’

मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुँदा बिग्रिएका सडक मर्मतको कामसमेत प्रभावित भएको छ । ‘बजारमा अनुगमन गरेर तेल खोज्दा छ ब्यारेल मात्रै पाइयो’, प्रजिअ अर्यालले भने, ‘कम्तीमा म्याग्दीको सीमासम्मको सडक चले तेलको समस्या टर्ने थियो ।’

सडक र हवाई सेवा बन्द हुँदा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जाने र बिरामी परेर उपचारका लागि जानेलाई समस्या भएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताए । – रासस ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ८ : ४१ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले