त्रिशूलीमा मालबाहक कन्टेनर खस्यो, चालक घाइते « Khabarhub

त्रिशूलीमा मालबाहक कन्टेनर खस्यो, चालक घाइते


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- विराटनगरबाट काठमाडौँका लागि छुटेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  ना ३ ख ८९८७ नम्बरको कन्टेनर  र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा बिहान पौने ९ बजेतिर कन्टेनर त्रिशूलीमा खसेको हो ।

गाडीका चालक सिन्धुपाल्चोक बाह्रबिसे ३ का ३५ बर्षीय राजेन्द्र बस्नेत हाम्फालेर बाँच्न सफल भएका छन् भने गाडी पुर्णरुपमा त्रिशुलीमा डुबेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

बस्नेत सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको हाइवे हस्पिटल मुग्लिनमा उपचार भइरहेको छ ।  कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ ।

बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । – रासस ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ९ : ५९ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते