अब महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने « Khabarhub

अब महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने

प्रहरी समायोजनको मोडालिटी स्वीकृत


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरी समायोजनको मोडालिटी स्वीकर्त भएको छ । गृह मन्त्रालयले तयार पारेको प्रहरी समायोजन सम्बन्धि प्रस्ताव स्वीकृत भएको हो ।

बुधवार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र सातै प्रदेशका गृहमन्त्रीहरुको बैठकले समायोजन प्रस्ताव पारित गरेको हो ।

प्रधानमन्त्री सम्मिलित गृहमन्त्रीहरुको बैठकले महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने निर्णय गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी नै रहने निर्णय भएको गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदीले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाम भने परिवर्तन हुने भएको छ । प्रदेश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले डीआईजीको नेतृत्वमा रहेको महानगरीय प्रहरी कार्यालय बागमती प्रदेश मातहत हुनुपर्ने कुरा उठाउँदै आएका थिए ।

तर, बैठकले महागरीय प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालयकै मातहत राख्ने निर्णय गरेको छ । महानगरीय प्रहरी कार्यालयलाई काठमाडौँ, भक्तपुर र ललितलपुरको शान्तिसुरक्षाको जिम्मा दिइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १० : १८ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते