अब महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने « Khabarhub

अब महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने

प्रहरी समायोजनको मोडालिटी स्वीकृत


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरी समायोजनको मोडालिटी स्वीकर्त भएको छ । गृह मन्त्रालयले तयार पारेको प्रहरी समायोजन सम्बन्धि प्रस्ताव स्वीकृत भएको हो ।

बुधवार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र सातै प्रदेशका गृहमन्त्रीहरुको बैठकले समायोजन प्रस्ताव पारित गरेको हो ।

प्रधानमन्त्री सम्मिलित गृहमन्त्रीहरुको बैठकले महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने निर्णय गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी नै रहने निर्णय भएको गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदीले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाम भने परिवर्तन हुने भएको छ । प्रदेश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले डीआईजीको नेतृत्वमा रहेको महानगरीय प्रहरी कार्यालय बागमती प्रदेश मातहत हुनुपर्ने कुरा उठाउँदै आएका थिए ।

तर, बैठकले महागरीय प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालयकै मातहत राख्ने निर्णय गरेको छ । महानगरीय प्रहरी कार्यालयलाई काठमाडौँ, भक्तपुर र ललितलपुरको शान्तिसुरक्षाको जिम्मा दिइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १० : १८ बजे

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र