रुकुम हत्याकाण्डका पीडित परिवारलाई कलाकारले गरे सहयोग « Khabarhub

रुकुम हत्याकाण्डका पीडित परिवारलाई कलाकारले गरे सहयोग


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुमपश्चिमको सोती हत्याकाण्डका मृतकका परिवारलाई कलाकारहरुले संकलन गरेको ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका मेयर सिपी घर्ती मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरे ।

गत जेठ १० गते सोतीकी युवतीसँग बिहे गर्न गएका नवराज विश्वकर्मा र उनका साथीहरुले स्थानीयले कुटपिट गरेका थिए । अन्तरजातीय बिहे गर्न गएका नवराजलाई स्थानीयले बाटोमा थुनेर कुटपिट गरेका थिए ।

हत्या गरिएका नवराज विक र अन्य ५ जनाको परिवारलाई सहयोग गर्न कलाकारहरुले सहयोग संकलन थालेका थिए । गायक तथा अभिनेता यश कुमारको पहलमा सहयोग रकम संकलन गरिएको थियो ।

रुकुम जाजरकोट हत्याकाण्डपछि यशकुमारको अध्यक्षतामा रुकुम पश्चिम सोती नरसंहार सहयोग संकलन अभियान थालिएको थियो । आर्थिक सहयोगका लागि गोफण्डमीबाट सहयोग आह्वान गरिएको थियो ।

सहयोगका लागि विभिन्न देशमा भएका नेपाली र कलाकारले समेत हातेमालो गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १० : ५७ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते