रुकुम हत्याकाण्डका पीडित परिवारलाई कलाकारले गरे सहयोग « Khabarhub

रुकुम हत्याकाण्डका पीडित परिवारलाई कलाकारले गरे सहयोग


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुमपश्चिमको सोती हत्याकाण्डका मृतकका परिवारलाई कलाकारहरुले संकलन गरेको ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका मेयर सिपी घर्ती मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरे ।

गत जेठ १० गते सोतीकी युवतीसँग बिहे गर्न गएका नवराज विश्वकर्मा र उनका साथीहरुले स्थानीयले कुटपिट गरेका थिए । अन्तरजातीय बिहे गर्न गएका नवराजलाई स्थानीयले बाटोमा थुनेर कुटपिट गरेका थिए ।

हत्या गरिएका नवराज विक र अन्य ५ जनाको परिवारलाई सहयोग गर्न कलाकारहरुले सहयोग संकलन थालेका थिए । गायक तथा अभिनेता यश कुमारको पहलमा सहयोग रकम संकलन गरिएको थियो ।

रुकुम जाजरकोट हत्याकाण्डपछि यशकुमारको अध्यक्षतामा रुकुम पश्चिम सोती नरसंहार सहयोग संकलन अभियान थालिएको थियो । आर्थिक सहयोगका लागि गोफण्डमीबाट सहयोग आह्वान गरिएको थियो ।

सहयोगका लागि विभिन्न देशमा भएका नेपाली र कलाकारले समेत हातेमालो गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १० : ५७ बजे

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान