दरबारमार्गमा सुन बोकेको झोला फालेर भाग्ने तीन जना पक्राउ « Khabarhub

दरबारमार्गमा सुन बोकेको झोला फालेर भाग्ने तीन जना पक्राउ


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी देखेपछि झोला फालेर भागेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई दुम्कीबासबाट प्रक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको समन्वयमा आरोपीलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा देवान पटेल, निलेश सखिया र विजय पटेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शंकास्पद लागेका ३ जनालाई पक्राउ गरेको र अनुसन्धान थालिएको जनाएको छ ।

मंगलवार महानगरीय प्रहरी वृत्त दरबारमार्गले सुन राखिएको झोला र दुई थान गोली नभएको पेस्तोल दरबारमार्गको नविल बैंकको मोडमा बरामद गरेको थियो । १५ किलो सुन बरामद भएको भनिए पनि पछि परीक्षण गर्दा आधा किलो मात्र सक्कली भएको प्रमाणित भएको थियो ।

प्रहरी देखेपछि उनीहरू झोला छोडेर भागेका थिए । प्रहरीका अनुसार बा ६ च ५५१९ नम्बरको स्कर्पियोमा उनीहरु भागेका थिए ।

प्रहरीले स्कर्पियो अझै फेला नपरेको बताएको छ । प्रहरीका अनुसार उक्त स्कर्पियो बारा घर भएका इल्साम हुसेनको नाममा दर्ता छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १२ : २९ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते