दरबारमार्गमा सुन बोकेको झोला फालेर भाग्ने तीन जना पक्राउ « Khabarhub

दरबारमार्गमा सुन बोकेको झोला फालेर भाग्ने तीन जना पक्राउ


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी देखेपछि झोला फालेर भागेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई दुम्कीबासबाट प्रक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको समन्वयमा आरोपीलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा देवान पटेल, निलेश सखिया र विजय पटेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शंकास्पद लागेका ३ जनालाई पक्राउ गरेको र अनुसन्धान थालिएको जनाएको छ ।

मंगलवार महानगरीय प्रहरी वृत्त दरबारमार्गले सुन राखिएको झोला र दुई थान गोली नभएको पेस्तोल दरबारमार्गको नविल बैंकको मोडमा बरामद गरेको थियो । १५ किलो सुन बरामद भएको भनिए पनि पछि परीक्षण गर्दा आधा किलो मात्र सक्कली भएको प्रमाणित भएको थियो ।

प्रहरी देखेपछि उनीहरू झोला छोडेर भागेका थिए । प्रहरीका अनुसार बा ६ च ५५१९ नम्बरको स्कर्पियोमा उनीहरु भागेका थिए ।

प्रहरीले स्कर्पियो अझै फेला नपरेको बताएको छ । प्रहरीका अनुसार उक्त स्कर्पियो बारा घर भएका इल्साम हुसेनको नाममा दर्ता छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १२ : २९ बजे

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक