प्रमोदको स्वरमा ‘मेराे छाती धड्कियाेस’ सार्वजनिक « Khabarhub

प्रमोदको स्वरमा ‘मेराे छाती धड्कियाेस’ सार्वजनिक


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – लेखक तथा पत्रकार राज सरगमकाे ‘मेरो छाती धड्कियोस्’ गीत सार्वजनिक गरिएको छ । सर्जक सरगमले यसअघि केही फिल्मका गीत लेखनमा कलम चलाएका थिए ।

उनले दबाब, चाल, मेरो मान्छेलगायतका फिल्ममा गीत लेखेका थिए । लामो समयको अन्तरालपछि राजले गीत बजारमा ल्याएका हुन् ।

गीतमा विपिन आचार्यको कम्पोजिसन, संगीत संयाेजन र मिक्सिङ रहेकाे छ । यस्तै यो गीतलाई गायक प्रमोद खरेल स्वर दिएका छन् ।

उपत्यका आसपास छायांकन गरिएको गीतको भिडियोलाई नारायण ठकुरीले निर्देशन गरेका छन् ।

भिडियोको छायांकन नरेश चैसिरले गरेका छन् भने सन्देश परियारले सम्पादन गरेका छन् । साथै भिडियोमा मोडल कसिस दाहाल र भूपेशसिंह ठकुरीको अभिनय छ । युट्युब च्यानल साइराम पिक्चरबाट गीतलाई सार्वजनिक गरिएकाे हाे ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १ : ३४ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि