रुकुमपश्चिममा रोजगार कार्यक्रमबाट साढे चार हजारलाई रोजगारी | Khabarhub Khabarhub

रुकुमपश्चिममा रोजगार कार्यक्रमबाट साढे चार हजारलाई रोजगारी


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम – रुकुमपश्चिममा आर्थिक वर्ष २०७६/७७ मा साढे चार हजार बढीले रोजगारी पाएका छन् ।

सङ्घीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लाका साढे चार हजार बढी बेरोजगारले केही दिनको रोजगारी पाएका हुन् ।

एक आर्थिक वर्षमा कम्तीमा सय दिनको रोजगारीमा सहभागी नभएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार अर्थात कम्तीमा एक सय दिन रोजगारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लामा बेरोजगारले बढीमा २० देखि २५ दिनसम्मको रोजगारी पाएका छन् ।

खानेपानी, भवन, शौचालय, खेलमैदान, गारेटो बाटो, सडक मर्मतसहित क्वारेन्टाइन निर्माणसम्ममा बेरोजगारलाई रोजगारी दिइएको छ ।

स्थानीय तहले छनोट गरेका बेरोजगारमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत वर्ष जिल्लाभरमा दुई हजार ४१३ र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत दुई हजार २६७ गरी कूल चार हजार ६८० जनाले रोजगार पाएका हुन् ।

मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४५० र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २८३, चौरजहारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १०३ र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २८७ तथा आठबीसकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३०० र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २०० बढीले रोजगारी पाएका छन् ।

त्यस्तै बाँफिकोट गाउँपालिकामा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सात/सात सय बढी, त्रिवेणी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ५४५ र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत ६१३ तथा सानीभेरी गाउँपालकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २४६ र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत २५२ जनाले केही दिनको रोजगारी पाएका छन् ।

कम्तीमा एक सय दिनको रोजगारी दिने भनिएपनि जिल्लामा बढी रोजगारी पाउनेले २० देखि २५ दिनको मात्र रोजगारी पाएका छन् । बजेट कम भएको र वेरोजगारको संख्या बढी भएका कारण सबैलाई रोजगारी दिनुपर्दा वेरोजगारहरुले कमै दिन रोजगारी पाएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले बताए ।

त्यस्तै यो वर्ष लकडाउनका कारण बेरोजगारको सुचिमा सूचिकृत भएका भन्दा अरु व्यक्तिले पनि काम गरेकाले भने जति रोजगारी दिन नसकिएको उनको भनाइ छ । मुसीकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा रु ७१ लाख ८० हजार र मुख्यमन्त्री रोजगार कार्यक्रममा रु ६४ लाख बजेट खर्च गरेको छ ।

चौरजहारी नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रममा रु एक करोड तीन लाख ७८ हजार र प्रधानमन्त्री रोजगार कार्यक्रममा रु ३८ लाख २६ हजार तथा आठबीसकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा रु ६६ लाख ८९ हजार र मुख्यमन्त्री रोजगार कार्यक्रममा रु ६४ लाख ४० हजार खर्च गरेको जनाएको छ ।

बाँफिकोट गाउँपालिकाले मुख्यमन्त्री रोजगारका लागि रु एक करोड तीन लाख ७२ हजार र प्रधानमन्त्री रोजगारका लागि रु ४२ लाख ८८ हजार, त्रिवेणी गाउँपालिकाले प्रधानमन्त्री रोजगारका लागि रु ५६ लाख ३६ हजार र मुख्यमन्त्री रोजगारका लागि रु ३६ लाख चार हजार १० तथा सानीभेरी गाउँपालिकाले मुख्यमन्त्री रोजगारमा रु ६४ लाख र प्रधानमन्त्री रोजगारमा रु ५३ लाख ७२ हजार खर्च गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : ५० बजे

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर