लगातारको वर्षाले कैलालीका दर्जनौँ घर डुबानमा « Khabarhub

लगातारको वर्षाले कैलालीका दर्जनौँ घर डुबानमा


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- मंगलबारदेखिको वर्षा नरोकिपछि धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जन बढी घर डुबानमा परेका छन् ।

धनगढीको मालिका टोल, शिवनगर, कृष्णनगर, विशालनगर, मिलनचोक, उत्तरबेहडी, पुरानो भन्सार गाउँको दक्षिण पट्टीको बस्तीलगायतका अधिकांश घर तथा पसलभित्र पानी पसेर स्थानीयवासीको जनजीवनसमेत प्रभावित बनेको छ ।

धनगढी– २ मालिका टोलकी स्थानीय पार्वतीदेवी भट्टले घरभित्र पानी पसेर बस्न समस्या भएपछि छिमेकीको घरमा राति बास बस्नुपर्ने बाध्यता सुनाए ।

“सडक र नाली पूरै भरिएर घर डुबानमा परेको छ”, भट्टले भने, “घरभित्र दुई फिटजति पानी जम्मा भएर खाद्यान्न, लुगाकपडा भिजेका छन् भने खाना पकाउन समस्या भएको छ ।” उनले भने, “गोठका पशुचौपायासमेत सडक छेउछाउमा डो¥याएर राखेका छौँ ।”

पुराना वर्षौंदेखि पानीको निकासा हुने गरेका खोल्सा, कुलेशालगायतका भू–भाग अतिक्रमण गरेर बनाइएका घर तथा पूर्वाधार निर्माण हुनेक्रम बढेसँगै पानीको निकास हुने बाटो रोकिएकाले पनि हरेक वर्ष यहाँका बस्ती डुबानको चपेटामा पर्ने गरेका छन् ।

पानी निकास हुने नालाको व्यवस्थापन नभई सडक कालोपत्र हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेको धनगढीको विशालनगरका भोजराज जोशीको भनाइ छ । उनले विशालनगर वर्षौंदेखि डुबान हुँदै आइरहेको क्षेत्र भएकाले डुबानको मुक्तिबाट सुरक्षित रहन सर्वप्रथम पानी निकास हुने नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको बताए ।

बजार आसपासका बस्ती मात्रै नभई मुख्य बजारका सडक पनि जलमग्न छ । एलेनचोक, रातोपुल, चटकपुर, शहीदगेट, प्रदेशसभा भवन अगाडी, पार्कमोडस्थल, विशालनगरलगायतका मूल सडकमै पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । स्थानीयवासीका धानबाली डुबानमा परी जलमग्न भई तलाउमा परिणत भएका छन् ।

त्यस्तै धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको यहाँका अगुवाको भनाइ छ ।

बुधबारदेखिको लगातारको वर्षा नरोकिएपछि वडा नं २ र ३ का दक्षिणका बस्ती नजिकै रहेको मोहना नदीको सतह बढेर गाउँमा फर्कने यहाँका स्थानीयवासीको चिन्ता छ । उपमहानगरभित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुबानको समस्या वर्षेनी दोहोरिने गरेको छ ।

धनगढी क्षेत्रमा विशेषगरी कैलाली नाला र सुकुटी नाला सबैभन्दा बढी अतिक्रमणमा परेका छन् । यी प्राकृतिक नाला अतिक्रमण हुँदा धनगढीका अधिकांश क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ८ : ३२ बजे

तोडफोड र आगजनीपछिको मस्जिद (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजारस्थित चौहर्वा जामे मस्जिद आन्दोलनका क्रममा भएको तोडफोड

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित