कोरोना संक्रमित बढेपछि शुक्रबारबाट महोत्तरीमा निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमित बढेपछि शुक्रबारबाट महोत्तरीमा निषेधाज्ञा


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि महोत्तरीको सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाको वडा नंं ३ र ५ मा शुक्रबारबाट निषेधाज्ञा लागू हुने भएको छ ।

बिहीबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

सदरमुकामको बजार क्षेत्र र महोत्तरी गाउँपालिका वडा नं. २ र ५ मा पाँचदिनको लागि निषेधाज्ञा लगाउने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

जलेश्वर सदरमुकामको पूर्व भार्गवसर कुट्टी, पश्चिममा रावि क्याम्पस, उत्तरमा नेपाली सेनाको प्रकौली व्यारेक र दक्षिणमा रातोपुलसम्मको क्षेत्रमा निषेधाज्ञा लागू हुने समितिले जनाएको छ । यस्तै महोत्तरी गाउँपालिकाको वाडा नं. ३ र ५ मा सोही समयदेखि निषेधाज्ञा लागू हुने छ ।

एकसाता अघि महोत्तरी गाउँपालिका ३ का ६४ वर्षीय कोरोना संक्रमण पुरुषको उपचारको क्रममा धरानस्थित बीपी कोइराला विज्ञान प्रष्ठिानमा मृत्यु भएको थियो।

उनको शव व्यवस्थापनमा खटेका तीनजना नेपाली सेना, दुईजना मृतकका परिवारका सदस्य र पाँचजना छिमेकलाई कोरोना संक्रमण भएपछि थप जोखिम हुन नदिन प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

यस्तै वडा नं. ५ मा ज्वरोको लक्षण भएका बिरामीहरु धमाधम फेला पर्न थालेपछि कोरोनाको आशंकामा उक्त वडामा पनि निषेधाज्ञा गर्ने समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

निषेधाज्ञा लागू गरिने क्षेत्रभित्रमा अति आवश्यक बाहेक सबै कार्यालय र सेवाहरु बन्द रहने जनाइएको छ।

जिल्ला प्रशासनले जारी गरेको सूचना

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १० : १४ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी