भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ७८ हजार बढीमा संक्रमण « Khabarhub

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ७८ हजार बढीमा संक्रमण


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजार ४७२ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५२० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६३ हजार ५३५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९४४ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६३ हजार ६५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : १३ बजे

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार