१२ वर्षदेखि प्रेममा परेकी सायराले यसरी दिलीपसँग विवाह गरिन | Khabarhub Khabarhub

१२ वर्षदेखि प्रेममा परेकी सायराले यसरी दिलीपसँग विवाह गरिन


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत अगस्ट २३ बाट बलिउडकी दिग्गज अभिनेत्री सायरा बानो ७६ वर्षकी भइन् । अहिलेका पुस्ता उनलाई पुरानो फिल्म पडोसनकी नायिका वा दिलीप कुमारकी पत्नीका रुपमा चिन्दछन् । तर सायरा आफ्नो समयकी अंग्रेजी बोल्ने सबैभन्दा चर्चित अभिनेत्री थिइन् ।
सायरा बानो यति धेरै सुन्दर थिइन् कि त्यस समयका हरेक अभिनेता उनीसंग काम गर्ने चाहना राख्दथे । सायराले केवन १९ वर्षको उमेरमा शम्मी कपूरका साथ फिल्म जंगलीबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।
सायराका बारेमा एक रोचक प्रसंग निकै चर्चामा थियो । सायरा सानो उमेरमा केटासाथीहरु खेल्दा आफुलाई केटा नै भएको ठान्दथिइन् । तर जब उनी १२ वर्षकी भइन् त्यो बेला उनले पहिलो पटक दिलीप कुमारको आन फिल्म हेरिन् । दिलीपलाई देखेपछि सानै उमेरमा सायराले उनलाई मन पराउन थालिन् । त्यसबेला मात्र उनले आफु केटी भएको महशुस गरिन् । त्यसयता मात्र सायराले केटीको पहिरन् लगाउन थालिन् ।
सायरा बानोले बालिका उमेरबाट वृद्ध उमेरसम्मको जीवनमा मात्र एक मानिससंग प्रेम गरिन् ती थिए दिलीप कुमार । दिलीपलाई मनमनै मन पराएकी उनी किशोर उमेरमा मुम्बई आईन् ।
त्यसबेला उनलाई धेरै फिल्मको अफर आए । उनले यस कारण मात्र फिल्म खेलिन् किनकी यहि क्षेत्रमा दिलीप काम गर्दथे ।
उनले शम्मी कपूरका साथ खेलेको पहिलो फिल्म सुपरहिट भयो । त्यस पश्चात उनी रातारात बलिउडकी सुपरस्टार बनिन् । जब सायरा र दिलीपको भेट भयो तब उनले १२ वर्षको उमेरदेखि मन पराएको बताइन् । यो कुरा सुनेर दिलीप हाँसे मात्र ।
जसका कारण सायरा दिलीपसंग रिसाइन् । तर पवित्र प्रेमको शक्ति नै मानौ अन्ततः ४४ वर्षको उमेरमा दिलिपले २२ बर्षिया सायरासंग विवाह गरे ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १० : २३ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो