कोरोनाले प्रभावित बन्यो मोहर्रम पर्व « Khabarhub

कोरोनाले प्रभावित बन्यो मोहर्रम पर्व


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- मुसलमान धर्मावलम्बीहरुले झाँकी जुलुसका साथ मनाउने मोहर्रम पर्व कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको छ । कोरोना महामारीका कारण मुसलमान समुदायले यो वर्ष घरमै बसेर आज मोहर्रम पर्व मनाउँदैछन् ।

मुसलमान धर्मका अगुवाहरुले मोहर्रम पर्व घरमै बसेर मनाउन आग्रह गरेका छन् । बाँकेमा रहेका मुसलमान धर्मावलम्बीहरुलाई नेपाल सरकारको निर्देशिकाअनुसार यसपटकको मोहर्रम पर्व घरमै बसी मनाउन अनुरोध गरिएको नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका प्रवक्ता मोहम्म्मद हारुन हलवाइले जानकारी दिए ।

उनका अनुसार यो वर्ष मोहर्रम पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगन गरिएको छ । मुसलमान समुदायले आ–आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा कुनै किसिमको भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ ।

मोहर्रम पर्व एवं कर्बला संरक्षण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारीले यो वर्ष कोरोना महामारीका कारण चाडपर्व घरभित्रै भीडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताए । यो महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित शहादत अर्थात् बलिदानी दिएकाले त्यसैको स्मरणमा मोहर्रम पर्व मनाउने गरिएको अन्सारीले उल्लेख गरे ।

मुस्लिम समुदायले आफ्नो गच्छेअनुसारका ताजिया राख्ने गरेका छन् । यो वर्ष कोरोना महामारीका कारण मोहर्रम पर्वमा पनि कुनै तामझाम नहुने मोहर्रम पर्व एवं कर्बला संरक्षण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य अन्सारीले जानकारी दिए ।

नरैनापुरमा सार्वजनिक बिदा

मुसलमान समुदायको बाहुल्य रहेको बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आज सार्वजनिक बिदा दिएको छ । मुसलमान धर्मावलम्बीको पर्व मोहर्रममा आज सार्वजनिक बिदा दिइएको गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले जानकारी दिइन ।

कोरोना भाइरस महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दूरी कायम गरेर भीडभाड नगरी पर्व मनाउन उपाध्यक्ष श्रीवास्तवले आग्रह गरेका छन् । उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकावासीलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ११ : ५१ बजे

सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत भूमि समस्याबारे प्रधानमन्त्रीको

पर्यटन क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरूलाई मुख्यमन्त्रीको आग्रह

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि

वैतेश्वरका महिलाको हातमा नौमती बाजा !

दोलखा– महिलाहरूलाई आत्मनिर्भर र रोजगारमुखी बनाउने उद्देश्यले वैतेश्वर गाउँपालिकाले वडा

अन्नपूर्ण आरोहण दिवस : नारच्याङदेखि आधार शिविरसम्म विविध कार्यक्रम

म्याग्दी– म्याग्दीमा पर्ने अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आजदेखि ७६औँ

सागादावामा जिरीमा सातदिने धार्मिक महोत्सव हुने

दोलखा– बौद्ध धर्मावलम्बीहरूको महान् पर्व सागादावाको अवसरमा जिरी नगरपालिका–७ हिले