कोरोनाले प्रभावित बन्यो मोहर्रम पर्व « Khabarhub

कोरोनाले प्रभावित बन्यो मोहर्रम पर्व


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- मुसलमान धर्मावलम्बीहरुले झाँकी जुलुसका साथ मनाउने मोहर्रम पर्व कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको छ । कोरोना महामारीका कारण मुसलमान समुदायले यो वर्ष घरमै बसेर आज मोहर्रम पर्व मनाउँदैछन् ।

मुसलमान धर्मका अगुवाहरुले मोहर्रम पर्व घरमै बसेर मनाउन आग्रह गरेका छन् । बाँकेमा रहेका मुसलमान धर्मावलम्बीहरुलाई नेपाल सरकारको निर्देशिकाअनुसार यसपटकको मोहर्रम पर्व घरमै बसी मनाउन अनुरोध गरिएको नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका प्रवक्ता मोहम्म्मद हारुन हलवाइले जानकारी दिए ।

उनका अनुसार यो वर्ष मोहर्रम पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगन गरिएको छ । मुसलमान समुदायले आ–आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा कुनै किसिमको भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ ।

मोहर्रम पर्व एवं कर्बला संरक्षण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारीले यो वर्ष कोरोना महामारीका कारण चाडपर्व घरभित्रै भीडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताए । यो महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित शहादत अर्थात् बलिदानी दिएकाले त्यसैको स्मरणमा मोहर्रम पर्व मनाउने गरिएको अन्सारीले उल्लेख गरे ।

मुस्लिम समुदायले आफ्नो गच्छेअनुसारका ताजिया राख्ने गरेका छन् । यो वर्ष कोरोना महामारीका कारण मोहर्रम पर्वमा पनि कुनै तामझाम नहुने मोहर्रम पर्व एवं कर्बला संरक्षण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य अन्सारीले जानकारी दिए ।

नरैनापुरमा सार्वजनिक बिदा

मुसलमान समुदायको बाहुल्य रहेको बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आज सार्वजनिक बिदा दिएको छ । मुसलमान धर्मावलम्बीको पर्व मोहर्रममा आज सार्वजनिक बिदा दिइएको गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले जानकारी दिइन ।

कोरोना भाइरस महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दूरी कायम गरेर भीडभाड नगरी पर्व मनाउन उपाध्यक्ष श्रीवास्तवले आग्रह गरेका छन् । उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकावासीलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ११ : ५१ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज