कोरोना संक्रमित थप ६ जनाको मृत्यु « Khabarhub

कोरोना संक्रमित थप ६ जनाको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा शनिबार बेलुका र आइतबार गरी थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा भक्तपुर, ललितपुर, पर्सा, रौतहट बारा, महोत्तरीका छन् ।

जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचारत एकजना २९ वर्षका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

साउन २८ देखि पाटन अस्पतालमा उपचारत ती पुरुषको शनिबार (भदौ १३ गते) राति १० बजे मृत्यु भएको हो ।

यस्तै भक्तपुरमा होम आइसोलेसनमा रहेका ६५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पनि मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका ती पुरुषमा भदौ ११ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।

ती पुरुषमा पहिलादेखि नै मधुमेह र उच्च रक्तचापको समस्या थियो । ती पुरुषको पनि शनिबार राति मृत्यु भएको भक्तपुर नगरपालिका–१ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीले बताए ।

यस्तै वीरगञ्ज आइतबार बिहान थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार रौतहटका ४० वर्षका पुरुषको गण्डक कोभिड अस्पतलमा उपचारको क्रममा मृत्यु भएको हो । भदौं १२ गते नारायणी अस्पतालमा उपचारत ती पुरुषमा कोरोना पुष्टि भएपछि सोही दिन गण्डक कोभिड अस्पतालमा सारिएको थियो ।

उनको आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको डा सिंहले बताए ।

यस्तै महोत्तरीका २ जना कोरोना संक्रमतिको शनिबार मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रवक्ता विरेन्द्र कुमार झाका अनुसार

पिपरा गाउँपालिक–७का ७० वर्षीय पुरुष र मंगहा नगरपालिका–१ का ३५ वर्षका एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षका पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार मृत्यु भएको र शनिबार नै कोरोनाको रिपोर्ट पोजेटिभ आएको झाको भनाइ छ ।

यस्तै ३५ वर्षीय पुरुषको भने शुक्रबार मृत्यु भएको र मृत्युपछि कोरोना पुष्टि भएको हो ।

यस्तै नवलपरासीपूर्वका एकजना ६२ वर्षका पुरुषको पनि चितवनमा मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षीय बृद्धको उपचारका क्रममा शनिबार साँझ ५:५० बजे चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

ती पुरुषलाई चितवन मेडिकल कलेजमा भदौ ४ गत भर्ना गरिएको थियो।

उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  २ : १५ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा