लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले एक विज्ञपति जारी गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको हो ।

अस्पतालका अनुसार ती पुरुषलाई आज बिहान ४ बजेर ३५ मिनेटमा अस्पताल ल्याएको थियो । ती पुरुषको आजै मध्यान्ह १२ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुष मुटु, मधुमेह र उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  २ : ५३ बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले