कालीकोट पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो  « Khabarhub

कालीकोट पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो 


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कालीकोट- कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा चार जानकोे मृत्यु भएको छ ।

आज बिहान ७ः०० बजे पहिरो जाँदा तीन घर पहिरामा पुरिँदा तीन जना बेपत्ता भएका छन् । स्थानीयवासी पर्याक शाहीको घर पहिराले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए ।

पहिरामा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको हो । उनीहरूको शव अपराह्न ३ः०० बजे भेटिएको प्रहरी नायब निरीक्षक ओलियाले बताए ।

पहिरामा परेका मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्का एक जना अर्जुन हमालको उद्धार गरिएको छ । उद्धार गरिएकाको उपचार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

बेपत्ता तीन जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जानकारी दिए ।

घटनामा के कति मानवीय क्षति भएको भन्ने एकिन विवरण आउन नसकेको उपरीक्षक धामीले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : ३५ बजे

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६