भन्सार छलेर ल्याइएको २२ लाख मूल्य बराबरको सामान बरामद « Khabarhub

भन्सार छलेर ल्याइएको २२ लाख मूल्य बराबरको सामान बरामद


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको हालसम्म भारतबाट भन्सार छलेर ल्याउँदै गरेको रु २२ लाख मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरी गण तथा मातहतका गुल्म र बोर्डर आउट पोष्टले चालु आवको डेढ महिनाको अवधिमै रु २२ लाख ३६ हजार छ सय ३१ बरावरको किराना, हार्डवेयर, युरिया, कपडा, सवारीसाधनलगायतका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

सीमा क्षेत्रहुँदै भारतबाट अवैध रुपमा भित्र्याइएका सामान मोबाइल, पैदल गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक बिरेन्द्र बहादुर ऐरले बताए ।

उनका अनुसार सोही अवधिमा रु तीन लाख पाँच हजार नौ सय ९३ को भारततर्फ तस्करी हुदै गरेको वन पैदावरका रुपमा रहेको सिसौ, सागवान र सालका गोलिया बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु छ लाख १५ हजार चार सय १० बरावरको कुखुरा, अण्डा, माछालगायत बरामद गरी सरोकारवालाको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरिक्षक ऐरले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १० : २६ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन