चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुग्यो | Khabarhub Khabarhub

चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुग्यो


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ९१ पुगेको छ ।

काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा आजसम्म कोरोना सङ्क्रमितको सो सङ्ख्या पुगेको हो ।

नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्र ९१ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिए पनि ४७ व्यक्ति डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिए ।

नगरपालिकाका अनुसार वडा नं १ मा दुई, वडा नं २ मा एक, वडा नं ३ मा पाँच, वडा नं ४ मा तीन, वडा नं ५ मा चार, वडा नं ६ मा चार, वडा नं ७ मा पाँच, वडा नं ८ मा १०, वडा नं ९ मा छ, वडा नं १० मा सात, वडा नं ११ मा १०, वडा नं १२ मा १२, वडा नं १३ मा सात, वडा नं १४ मा चार र वडा नं १५ मा १० सङ्क्रमित देखिएका छन् ।

सोमध्ये वडा नं १ मा एक, वडा नं ३ मा चार, वडा नं ४ मा दुई, वडा नं ५ मा एक, वडा नं ६ मा दुई, वडा नं ७ मा दुई, वडा नं ८ मा पाँच, वडा नं ९ मा तीन, वडा नं १० मा तीन, वडा नं ११ मा नौ, वडा नं १२ मा आठ, वडा नं १३ मा एक, वडा नं १४ मा एक र वडा नं १५ मा पाँच जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

नगरपालिकामा रहेका सक्रिय सङ्क्रमितमध्ये २१ जनाको उपत्यकाका विभिन्न अस्पताल र २३ जनाको होम आइसोलेसमा उपचार भइरहेको जनाइएको छ । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

नगरपालिकाभित्रका १५ वटै वडामा पीसीआर परीक्षण बढाइएको नगरप्रमुख गिरीले बताउनुभयो । चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : ११ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित