कोरोनाले बेलायत र यूएईमा थप तीन नेपालीको मृत्यु « Khabarhub

कोरोनाले बेलायत र यूएईमा थप तीन नेपालीको मृत्यु

हालसम्म १६ देशमा १९५ नेपालीले ज्यान गुमाए 



दोहा – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा १ जना र संयुक्त अरव इमिरेट्स (युएई)मा २ जनाको ज्यान गएको हो । योसहित शनिबार साँझसम्म १६ देशमा गरी १९५ जना नेपालीहरुको निधन भएको समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमित नेपालीको संख्या सामान्य वृद्धि भएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १६ देशमा रहेका १९५ नेपालीहरुको ज्यान गएको हो ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएकोमा ३२ हजार ५ सय ११ जना संक्रमणमुक्त भइसकेको स्वास्थ्य समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेतना अपनाउन समेत नेपाली समुदायलाई आग्रह गरेको छ ।

समितिका संयोजक डा. सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमणको जोखिम बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सीमित संख्या र सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

डा. सापकोटाले कोरोना संक्रमितहरुलाई पनि उच्च मनोबल राख्न अनुरोध गरेका छन् । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउन आग्रह गरेका छन् ।

आफूलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा. सापकोटाको भनाइ छ ।

मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीत-संगीत सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गरे ।

‘कोभिड–१९’ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सबैलाई सचेत रही उच्च सावधानी अपनाउन आग्रह गरे ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ९ : ०२ बजे

सीमा विवादमा बालेनलाई राजेश हमालको सुझाव : नेतृत्वमा परिपक्वता र दूरदृष्टि चाहिन्छ

काठमाडौं- अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने

क्यान्सरको औषधि आपूर्तिबारे विवरण पेश गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन

कैलाली– धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण

जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच

बीवाइडी विद्युतीय सवारी आयातबारे साइमेक्स इन्कले यसो भन्यो

काठमाडौं– नेपालमा बीवाइडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले विद्युतीय सवारी