आईपीएलमा हैदरावादको पहिलो जीत « Khabarhub

आईपीएलमा हैदरावादको पहिलो जीत


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले पहिलो जीत हासिल गरेको छ । गएराति भएको सिजनको तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो ।

सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धावनले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै रिशव पन्तले २८ रन दिलाए भने शिम्रोन हेटमायर २१ रनको योगदान गरे ।

बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए भने भुवनेश्वर कुमारले दुई विकेट लिँदा कलेस अहमेद र थनगुरशन नटराजनले एक–एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनायो । हैदरावादका लागि जोनी बेरेस्टोले ४८ बलमा २ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाए ।

त्यसैगरी डेविड वार्नरले ४५ रन बनाउँदा केन विलियम्सनले ४१ रनबको योगदान गरे भने हैदरावादका लागि हैदरावादका लागि अब्दुल सामले १२ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि अमित मिश्रा र कगिसो रबाडले समान दुई–दुई विकेट लिए ।

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ६ : ४७ बजे

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा