विश्व कोरोना अपडेट: संक्रमितको संख्या ३ करोड ३८ लाख, १० लाख बढीको मृत्यु « Khabarhub

विश्व कोरोना अपडेट: संक्रमितको संख्या ३ करोड ३८ लाख, १० लाख बढीको मृत्यु


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड ३८ लाख पुगेको छ ।

पछिल्लो विवरणअनुसार अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३८ लाख ३७ हजार ७ सय ८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म १० लाख १२ हजार ५ सय ७८ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ ।

विश्वभरका संक्रमितमध्ये २ करोड ५१ लाखभन्दा बढी संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप २ लाख ८७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वमा सबैभन्दा संक्रमित हुने राष्ट्रममा संयुक्त राज्य अमेरिका छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा संक्रमितहरूको संख्या ७४ लाख ६ हजारभन्दा बढी पुगेको छ भने २ लाख १० हजारभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ५ सय बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । त्यस्तै यहाँ हालसम्म ९७ हजार ५ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३१ हजारभन्दा बढी संक्रमित थपिएका छन् । ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार पुगेको छ ।

कोरोनाको खोप विकास गरेको दाबी गरेको राष्ट्र रसियामा संक्रमितको संख्या ११ लाख ६७ हजार ८ सय ५ पुगेको छ । यस्तै यहाँ २० हजार ५ सय ४५ जनाले ज्यान गुमाएका छन् भने ९ लाख ५२ हजार ३९९ जना संक्रमित निको भइसकेका छन् ।

रसियामा पछिल्लो २४ घण्टामा थप ८ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र रुपमा बृद्धि भएको छ । भारतपछि धेरै संक्रमित देखिएको देशमा क्रमशः इरान, बंगलादेश, इराक, साउदी अरेबिया लगायत छन् । एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।

एसियाली मुलुकमा निको हुनेको संख्या ८८ लाख ११ हजार २१४ रहेको छ भने १ लाख ९२ हजार ८६६ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा कोभिड–१९ संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ । मंगलवार साँझसम्मको अपडेट अनुसार नेपालमा ५५ हजार ३७१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३ सय ९६ छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ७ : ३७ बजे

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक