६५ मिलियन पाउण्डमा सिटीले भित्र्यायो डायस | Khabarhub Khabarhub

६५ मिलियन पाउण्डमा सिटीले भित्र्यायो डायस


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बेनिफिकाका डिफेन्डर रुबेन डायसलाई अनुबन्ध गरेको छ । बुधबार बिहान सिटीले डिफेन्डरलाई ६ वर्षका लागि टिममा अनुबन्ध गरेको जनाएको हो ।

२३ वर्षीय याडसका लागि सिटीले ६५ मिलियन पाउण्ड खर्च गरेको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यो सिजनमा डायससहित तीन जना खेलाडीलाई टिममा अनुबन्ध गरेका हुन् ।

यसअघि उनले डिफेन्डरमा नाथन आके र फरवार्डमा फेरान टोरेसलाई अनुबन्ध गरेका थिए । सिटीसँग आवद्ध भएपछि डायसले आफूले क्लबलाई पछि पर्न नदिने बताएका छन् ।

‘म्यान्चेस्टर सिटी जस्तो क्लबमा आवद्ध हुने अवसर पाएकोमा उत्साहित छु । मैले क्लबलाई पछि पर्न दिनेछैन,’ डायसले भनेका छन् ।

राम्रो टीम र विश्व स्तरका प्रशिक्षकसँग खेल्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको उनले बताएका छन् ।

पोर्चुगलका राष्ट्रिय टोलीका खेलाडी डायसले बेनिफिकाको एकेडेमीबाट आएका खेलाडी हुन् । उनले बेनिफिकाका लागि १ सय १३ खेल खेलेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ७ : ४८ बजे

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज