यस्तो रहनेछ शुक्रवारसम्मको मौसम « Khabarhub

यस्तो रहनेछ शुक्रवारसम्मको मौसम


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज (बुधबार) देखि शुक्रबारसम्म देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरूले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गर्दै बुधवारदेखि शुक्रवारसम्म मध्यम वा भारी वर्षाको सम्भावना नरहेको जनाएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान:

असोज १४ गते बुधबार

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १५ गते बिहीबार

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १६ गते शुक्रबार

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ।

राती : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ८ : ३५ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला