घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री वितरण « Khabarhub

घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री वितरण


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिका–१७ पार्दीस्थित ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्सङ्ग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिकालाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामग्री वितरण गरेको छ ।

साँझ बिहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसपमा कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० बालबालिकालाई मङ्गलबार आयोजित एक समारोहमा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।

लायन्स क्लवका डिष्ट्रिक्ट गभर्नर मानबहादुर रोकाहाले श्रमिक बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्सले विशेषगरी पछिल्लो समय बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

क्लबका अध्यक्ष नीरज पन्तका अनुसार सत्सङ्ग भवनका लागि आवश्यक कार्पेट, शैक्षिक सामग्री र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरेको हो ।

ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्सङ्गका अध्यक्ष टोपराज ढुङ्गानाले घर, होटल, रेष्टुरेन्ट तथा वर्कसपहरुमा श्रम गर्ने श्रमिक बालबालिकाको शिक्षादीक्षा एवं ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको बताए ।

सो संस्थामा हाल ३० जना श्रमिक बालबालिका अध्ययनरत रहेका छन् भने २५ भन्दा भढी ज्येष्ठ नागरिकले दिवा सेवा लिइरहेको बताउँदै उनले संस्थाको सक्रियतामा सार्वजनिक जग्गामा रु तीन लाखको लागतमा ट्रष्ट भवन निर्माण गरिएको जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत श्रमिक तथा जोखिममा रहेका बालबालिकालाई पठनपाठन गराउने लक्ष्यका साथ शुरु गरिएको सो संस्थाले अक्षर चिनाउने र पायक पर्ने सरकारी विद्यालयमा भर्ना गरी उनीहरुको पढाइलाई निरन्तरता दिंदै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ४१ बजे

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं– नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी

कंक्रिट मोहले मौलिकता गुमाएको बारपाक (तस्बिरहरू)

काठमाडौं– गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकले अहिले

गत चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौं– गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३०