सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु « Khabarhub

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीका एक जना कोरोना भाइरस संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ।

धरानस्थित विपी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीका ३५ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो।

धरानमा असोज ८ गते गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालको भेण्टिलेटरमा राखेर उपचार भइरहेकोमा बिहान ३:३० बजे मृत्यु भएको उनका भाई पिन्टुकुमार यादवले जानकारी दिए।

१४ वर्षकै उमेरदेखि चिनी रोगबाट पीडित उनको दुबै मृगौलाले काम गर्न छाडेपछि गोल्डेन अस्पताल विराटनगरले आठ दिन उपचार गरेर घर फर्काएको थियो। गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएको थियो।

घरमा एक रात राखेर पुनः उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा असोज ८ गते कोरोना संक्रमण देखिएको थियो। उनको शव धरानमा रहेको छ।

मृतकका परिवारका सदस्यले गाउँमै दागबत्ती दिएर अन्त्यष्टि गर्न चाहेको बताए। अग्नीसाइर कृष्णसवरण गाउँपालिका-३ का वडा अध्यक्ष तेजनारायण यादवले नेपाली सेनाले धरानमा शव व्यवस्थापनको तयारी गरिरहेको जानकारी दिए।

संक्रमितको आमामा मङ्गलबार कोरोना संक्रमण पुष्टि भएपछि गएराति राजविराजस्थित आइसोलेशन केन्द्र भर्ना गरिएको छ। संक्रमितको सम्पर्कमा आएका परिवारका सदस्यहरु र छिमेकीहरुको पीसीआर परीक्षण गर्न लागिएको वडा अध्यक्ष यादवले बताए।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : १८ बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको