कोरोना असर : डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने « Khabarhub

कोरोना असर : डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया- मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने घोषणा गरेको छ ।

कोरोनाभाइरसको महामारी लामो समय कायम रहेको भन्दै डिज्नेले बाध्य भएर कर्मचारी कटौती गर्नु परेको जनाएको छ ।

शारीरिक दूरीका नियमहरुका कारण डिज्नेका मनोरञ्जन स्थलहरु नराम्रोसँग प्रभावित रहेको जनाउँदै डिज्नेले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमणबाट तत्काल उन्मुक्ति प्राप्त हुने अवस्था पनि नभएकाले बाध्य भएर कर्मचारी हटाउनु परेको उल्लेख छ ।

डिज्ने पार्कका अध्यक्ष जस डिअमारोले डिज्नेका लागि कर्मचारी कटौती नै एक मात्र सम्भाव्य विकल्प रहेको पनि बताए ।

क्यालिफोर्निया र फ्लोरिडामा मात्र कोरोना संक्रमण हुनुअघि डिज्नेका पार्कहरुमा झण्डै एक लाख १० हजार कर्मचारी कार्यरत थिए । अब यी पार्कमा करिब ८२ हजार मात्र व्यक्तिले मात्र रोजगारी पाउनेछन् ।

गत जुलाईको मध्यमा वाल्ट डिज्ने वर्ल्डले फ्लोरिडाका पार्कहरु आंशिक रुपमा खोलेको थियो । तर कोरोनाभाइरसको त्रासका कारण सीमित संख्यामा मात्र मानिसहरु पार्कमा आएका थिए ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको महामारीबाट अमेरिकामा अहिले पनि सर्वाधिक असर परेको छ । यहाँ दुई लाख ५ हजार ७७४ जनाको मृत्यु भइसकेको छ भने ७१ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ३ : ४१ बजे

रास्वपा ९७ क्षेत्रमा विजयी हुँदा २८ उम्मेदवारको अग्रता : कांग्रेस १४ र एमालेको सात जित

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा

सल्यानबाट नेकपाका रमेश मल्ल विजयी

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रमेशकुमार

आज २०८२ साल फागुन २४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २४ गते आइतबार चैत

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका