कर्मचारी दरबन्दी सिफारिस समितिले प्रतिवेदन बुझायो « Khabarhub

कर्मचारी दरबन्दी सिफारिस समितिले प्रतिवेदन बुझायो


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ ।

गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो ।

खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– २०७५ को आधारमा राखेपको संरचनालाई वर्तमान समय सापेक्ष उचित र आवश्यकता अनुसार केन्द्रदेखि प्रदेश र स्थानिय तहसम्म खेलकुदको संरचनाको प्रस्तावित खाका तयार गरी सुझावसहितको प्रतिवेदन बुझाउन संयोजक विकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको थियो ।

समितिका सदस्यहरुमा राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहाल, सचिवालय प्रशासकीय अधिकृत इन्द्रबहादुर कार्की, प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई, कानून शाखाका प्रमुख नारायणराज आर्याल तथा राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा र महासचिव फणिन्द्रप्रसाद पौडेल रहेका छन् । सचिवमा कर्मचारी प्रशासन शाखाका प्रमुख विनोदकुमार उप्रेती छन् ।

समितिलाई ४ बुँदे टीओआरको परिधिभित्र रहि प्रतिवेदन तयार गर्न भनिएको थियो ।

जस अनुसार समितिले खेलकुदको संरचना ९संघ, प्रदेश र स्थानिय तह० को प्रस्तावित ढाँचा तयार गर्ने, प्रस्तावित ढाँचा बमोजिम कर्मचारी रहने दरबन्दीको प्रस्ताव तयार गर्ने, बढुवा र स्थायी पदपूर्ति सम्बन्धी प्रस्तावित कार्यनिर्देश तयार गर्ने तथा जारी हुने नयाँ ऐन बमोजिम खेलकुद विकास नियम र कर्मचारी सेवा शर्त सम्बन्धी नियमावलीको प्रस्तावित खाका तयार गर्नु पर्ने थियो ।

अन्तिमको बुँदा बाहेक सबैको खाका तयारी गरी प्रतिवेदनमा समावेश गरिएको बताउदै सदस्य अर्यालले त्यो बुँदामा पनि काम भइरहेको जानकारी गराए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ६ : १७ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम