ट्राफिक प्रहरीलाई एमएडब्लु फाउन्डेसनबाट फेससिल्ड र मास्क सहयोग « Khabarhub

ट्राफिक प्रहरीलाई एमएडब्लु फाउन्डेसनबाट फेससिल्ड र मास्क सहयोग


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ को महामारीबीच ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ ।

एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल तथा पूर्व एआईजी किरण गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सिंहदरबारका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई फेससिल्ड र सर्जिकल मास्क हस्तान्तरण गरेका हुन् ।

‘कोरानाको महामारीको समयमा पनि कर्तव्यपालनमा अहोरात्र खटिरहनु भएका ट्राफिक प्रहरी संगठनप्रति हामी गौरावान्वित छौं र त्यसैले उहाँहरुको लागि सानै भए पनि योगदान गर्ने चेष्टा गरेका छौं,’ फाउन्डेसनकी कार्यकारी निर्देशक अग्रवालले भनिन्, ‘आशा छ, यसले कर्तव्य पालना गर्दा कोरोनासँग बच्न सहयोग पुर्‍याउनेछ ।’ वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक भिम प्रसाद ढकालले सहयोगका लागि फाउन्डेसनलाई धन्यवाद दिए ।

गत साता पनि एमएडब्लु फाउन्डेसनले थानकोटस्थित श्री अरबिन्द योग मन्दिरमा बसोबास गर्ने बालबालिकाको खाद्यान्न र स्टेशनरीका लागि आर्थिक सहयोग गरेको थियो । सो आश्रमले नेपालका तीन शाखामा करिब दुई सय १० जना बालबालिकाको रेखदेख गर्नुका साथै शिक्षा दिइरहेको छ ।

एमएडब्लु फाउन्डेसन एमएडब्लु ग्रुपले गर्दै आएको सामाजिक कार्य बढावा दिने र व्यवस्थापन गर्ने उद्देश्यसहित स्थापना भएको सामाजिक संस्था हो ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ६ : ०३ बजे

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय

आईपीएल : रिंकु सिंह नायक बनेको खेलको सुपर ओभरमा कोलकाता विजयी

लखनउ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे– उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा ३१