काठमाडौं – राष्ट्रिय एकता अभियानले नापी विभागसँग नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेटबारे सूचना माग गरेको छ ।
निवेदक विनय यादवले नापी विभागका सूचना अधिकारीलाई सम्बोधन गर्दै निवेदन दिएका हुन् ।
अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना मागेका हुन् । उनले उक्त सूचना अध्ययन प्रयोजनका लागि मागेको बताएका छन् ।
यादवले नापी विभागमा दर्ता गराएको निवेदनमा नेपाल-चीन स्थित २ देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट कति हो ?, नेपाल-चीन सीमामा रहेका सीमा स्तम्भहरूको जीपीएस कोर्डिनेट अभिलेख गर्ने काम कुन मितिमा सम्पन भएको हो ? र नेपाल-चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो लगायतका जानकारी माग गरेका छन् ।
त्यस्तै निवेदनमा सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी पनि माग गरिएको छ ।
प्रतिक्रिया