कर्णालीमा थपिए ५७ सङ्क्रमित, ३४ घर फिर्ता « Khabarhub

कर्णालीमा थपिए ५७ सङ्क्रमित, ३४ घर फिर्ता


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशमा आज थप ५७ व्यक्तिमा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५५ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई गरी ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकाहरुमा सुर्खेतका २४, सल्यानका २२, कालीकोटका पाँच, दैलेख र जुम्लाका दुईदुई, मुगुका एक र प्रदेश बाहिरका एक जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंँडेलले जानकारी दिए ।

सबै क्षेत्रमा कार्यरत व्यक्ति सङ्क्रमित रहेको जनाउँदै अधिकृत कँडेलले आज थपिएका ५७ व्यक्ति गरेर हाल कर्णालीमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ५५१ पुगेको बताए । हाल ५२९ जना आइसोलेशनमा छन् ।

त्यस्तै आज ३४ व्यक्ति डिस्चार्ज भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ९३९ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : २० बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको