फ्रान्सको एक चर्चमा चक्कु प्रहार गरी तीन जनाको हत्या « Khabarhub

फ्रान्सको एक चर्चमा चक्कु प्रहार गरी तीन जनाको हत्या


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्सको निस शहरस्थित एक चर्चमा अन्धाधुन्ध चक्कु प्रहार गरि तीन जनाको हत्या गरिएको छ ।

आक्रमणकारीले दुई महिला र एक पुरूषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

निस शहरको नोट्रे डाम बासिलिकमा भएको यो घटनामा एक जनाको टाउको नै काटिएको छ । २१ वर्षका ती आक्रमणकारी प्रहरीको गोली लागेर गम्भीर घाइते भएका छन् ।

तस्वीर : ईपीए

केही दिनअघि ट्यूनिसियाबाट आएका ती आक्रमणकारीसँग इटालियन रेडक्रसको कागजातसमेत रहेको प्रहरीले जनाएको छ ।

आप्रवासी पानी जहाजबाट इटालीको लाम्पेदुसामा गएको महिना पुगेपछि ती व्यक्तिले रेडक्रसको कागजात पाएका थिए ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनामा इस्लामिक आतंकवादीको हात रहेको बताएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ६ : ५१ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको