फ्रान्समा एलिट खेलकुद बाहेक सबै खेल गतिविधि स्थगित « Khabarhub

फ्रान्समा एलिट खेलकुद बाहेक सबै खेल गतिविधि स्थगित


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा महिला तथा पुरुष फ्रेन्च कपका प्रतिस्पर्धात्मक खेल गतिविधि रोक्ने निर्णय भएको छ।

फ्रान्स सरकारले देशमा कोरोना महामारी बढीरहेको भन्दै खेल गतिविधिसमेत रोक्न भनेपछि १ डिसेम्बर सम्मका लागि फुटबल गतिविधि तत्कालका लागि स्थगित भएको छ।

एमेच्युअर फुटबल भने जारी रहने फ्रान्स फुटबल फेडेरेसनले (एफएफएफ)ले जनाएको छ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले नोभेम्बर अन्तिमसम्मका लागि देश लकडाउन गर्ने घोषणा गरेका छन्।

पुरुषतर्फका शीर्ष तीन लिग लिग वान, लिग टु, दी नेसनल, महिलातर्फका शीर्ष खेलहरु भने जारी रहनेछन्।

खेलकुद मन्त्री रोजाना मारासिनेयुले एलिट खेलकुद क्लोज डोरमा हुने बताएका छन्।

`एफएफएफले सबै लिग, जिल्ला राष्ट्रिय च्याम्पियनसिपका प्रतिस्पर्धा नेसनल ३, नेसनल २, महिलातर्फ वुमन डि२, महिला र पुरुषको फ्रेन्च कप, नेसनल युथ च्याम्पियनसिप (महिला र पुरुष) डिसेम्बर १ सम्म स्थगित हुनेछन्,´ विज्ञप्तिमा भनिएको छ।

फ्रान्समा शुक्रबारदेखि अति आवश्यक काम बाहेक सर्वसाधारणका लागि हिडडुलमा कडाइ गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : ५७ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल