कोरोनाको सङक्रमण र मृत्युदर बढ्दो « Khabarhub

कोरोनाको सङक्रमण र मृत्युदर बढ्दो


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना पुगेको छ ।

त्यसै गरी जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँचजनाको ज्यान गएको छ ।

छाला र मिर्गौला रोगको बिरामी कैलाली गौरीगङ्गा नगरपालिका–४ की २८ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण बिहीबार साँझ भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डा सुमित्रा गौतमले जानकारी दिए ।

कोरोना सङ्क्रमण पुष्टिपछि कात्तिक ३ गते भक्तपुर अस्पताल भर्ना भई उपचार गराइरहेकी महिला र भक्तपुर नगरपालिका–१ का ७९ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणका कारण बिहीबार साँझ मृत्यु भएको हो ।

स्वास्थ्य समस्याका कारण असोज २३ मा भर्ना भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भई उपचारकै क्रममा मृत्यु भएको डा गौतमले जानकारी दिए ।

त्यस्तै कात्तिक ४ गते कोरोना सङ्क्रमण पुष्टि भई करुणा अस्पताल बूढानीलकण्ठमा उपचाररत मधुमेहका बिरामी भक्तपुर नगरपालिका–३ बाराहीस्थानका ५६ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

भक्तपुरमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने दर समग्र नेपालको दोब्बर भन्दा बढी रहेको उनले जानकारी दिए । कोरोना सङ्क्रमणबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म सङ्क्रमणबाट मृत्यु हुने दर १.२३ प्रतिशत रहेको उनको भनाइ छ ।

त्यसैगरी कोरोना भाइरस सङ्क्रमितको निको हुने दर भने भक्तपुरमा ६७.३३ प्रतिशत छ । बिहीबारसम्म दुई हजार ८१ पुरुष र एक हजार ६१८ महिला गरी तीन हजार ६९९ सङ्क्रमित निको भएर घर गएको कार्यालय प्रमुख मिजारले जानकारी दिए ।

भक्तपुरमा हाल एकहजार ४७ पुरुष र ७८१ महिला गरी एक हजार ८२८ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये २२२ पुरुष १३१ महिला गरी ३५३ अस्पताललगायतको आइसोलेसनमा तथा ९७५ पुरुष र ७७२ महिला गरी एक हजार ७४७ अर्थात ८३.१९ प्रतिशत होम आइसोलेसनमा रहेको बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ०९ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत