म्याग्दीमा जीप दुर्घटना, एकको मृत्यु, १० जना घाइते | Khabarhub Khabarhub

म्याग्दीमा जीप दुर्घटना, एकको मृत्यु, १० जना घाइते


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी-  म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

रघुगंगा–६ पाखापानीदेखि बेनीका लागि छुटेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते विकलाई बेनी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । मृतक बालिका दसैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् ।

जीप चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याल बेहोस छन् । उनलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचनलगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : ४० बजे

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी