बुटवलमा कोरोना संक्रमित एकको मृत्यु | Khabarhub Khabarhub

बुटवलमा कोरोना संक्रमित एकको मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार गत कात्तिक १ गते संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए । पिसिआर परीक्षणमा कोरोना भाइरस पुष्टि भएपछि उनलाई कोरोना विशेष अस्पताल पठाइएको थियो । उपचारको सबै विधि अपनाउँदा पनि बचाउन नसकिएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

उनीमा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । रुपन्देहीमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  २ : ५७ बजे

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा