काठमाडौं उपत्यकामा थपिए १८८८ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १८८८ कोरोना संक्रमित


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १ हजार १०७ जना पुरुष रहेका छन् भने ७८१ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० गरी जम्मा १६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार चार हजार ९६ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।

२४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ४ : २७ बजे

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०