देशभर २४ घण्टामा ३५१७ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा ३५१७ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार२३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८३५७ रहेको छ ।

यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ थियो ।

२४ घण्टामा थप ४०९६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४०९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २८ हजार ९५८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ४ : ३१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी