तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल तरुण दलले आफनो ६८औँ स्थापना दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज कार्यक्रम गरी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

तरुण दलले शिक्षण अस्पतालमा गई चार हजार थान मास्क, ३० थान पीपीई र ५२ थान फेस शिल्डलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै उक्त सहयोग हस्तान्तरण गरिएको अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए ।

तरुण दलले स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग पुर्‍याउने नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेशनका अध्यक्ष मेन्ज खानलाई धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १० : ०१ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै