देशभरका ३८,३५७ सक्रिय संक्रमितमध्ये आधाभन्दा बढी बागमती प्रदेशमा « Khabarhub

देशभरका ३८,३५७ सक्रिय संक्रमितमध्ये आधाभन्दा बढी बागमती प्रदेशमा


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा रहेका छन्।

बागमती प्रदेशमा २३ हजार ४४३ सक्रिय संक्रिमित रहेका छन्, जुन देशभर रहेका कूल सक्रिय संक्रमित संख्याको आधाभन्दा बढी हो।

मन्त्रालयका अनुसार दोस्रो धेरै सक्रिय संक्रमित प्रदेश १ मा रहेका छन्। त्यहाँ आजसम्म ६ हजार २२४ जना कोरोना संक्रमित अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

त्यसैगरी, लुम्बिनी प्रदेशमा तीन हजार ६१०, गण्डकीमा दुई हजार २२१, सुदूरपश्चिम प्रदेशमा एक हजार ५८, प्रदेश २ मा एक हजार ४९ र कर्णाली प्रदेशमा ७५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

गत २४ घण्टामा थप दुई हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १० : ३६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी