काभ्रेमा ४४ कोरोना संक्रमित थपिए, २ को मृत्यु « Khabarhub

काभ्रेमा ४४ कोरोना संक्रमित थपिए, २ को मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेमा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चौरीदेउरालीका ५१ वर्षिय पुरुष र बनेपाका ३९ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार आज थप ४४ जनामा कोरोना संक्रमण थपिएका छन भने ५ जना डिस्चार्ज भएका छन् ।

नयाँ थपिएका मध्ये बनेपाका २५, धुलिखेलका ११, पनौतीका ४, नमोबुद्धका १, मण्डनदेउपुर १, भुम्लु १ र बेथानचोकका १ जना रहेका छन् ।

आजसम्मको तथ्यांक अनुसार काभ्रेमा  कोरोना संक्रमितको जम्मा संख्या १ हजार ६०६ रहेको छ । संक्रमित मध्ये १ हजार १०३ जना निको भएका छन् ।

जिल्लामा ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ११ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए ।

यस्तो छ तथ्यांक

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ९ : ४५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा