काभ्रेमा ४४ कोरोना संक्रमित थपिए, २ को मृत्यु « Khabarhub

काभ्रेमा ४४ कोरोना संक्रमित थपिए, २ को मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेमा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चौरीदेउरालीका ५१ वर्षिय पुरुष र बनेपाका ३९ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार आज थप ४४ जनामा कोरोना संक्रमण थपिएका छन भने ५ जना डिस्चार्ज भएका छन् ।

नयाँ थपिएका मध्ये बनेपाका २५, धुलिखेलका ११, पनौतीका ४, नमोबुद्धका १, मण्डनदेउपुर १, भुम्लु १ र बेथानचोकका १ जना रहेका छन् ।

आजसम्मको तथ्यांक अनुसार काभ्रेमा  कोरोना संक्रमितको जम्मा संख्या १ हजार ६०६ रहेको छ । संक्रमित मध्ये १ हजार १०३ जना निको भएका छन् ।

जिल्लामा ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ११ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए ।

यस्तो छ तथ्यांक

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ९ : ४५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका