भक्तपुरमा ७१ संक्रमितको मृत्यु, ६ को होम आइसोलेशनमै ज्यान गयो | Khabarhub Khabarhub

भक्तपुरमा ७१ संक्रमितको मृत्यु, ६ को होम आइसोलेशनमै ज्यान गयो


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका ६ जनाले ज्यान गुमाएका छन् ।

आज सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया संक्रमितको मृत्यु भएसँगै  होम आइसोलेशनमा ज्यान गुमाउनेको संख्या ६ पुगेको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।

मिर्गौलाकी बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पीसीआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा आज बिहान होम आइसोलेशनमै मृत्यु भएको हो ।

त्यस्तै भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन।

भक्तपुर नगरपालिका–१ चुनदेवी बस्ने पुरुषमा गत असोज २३ गते कोेरोना संक्रमण पुष्टि भएको थियो । दुवै शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ ।

भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको मिजारले जानकारी दिए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : २६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र