प्रदेश नं १ थपिए ५६९ कोरोना संक्रमित  « Khabarhub

प्रदेश नं १ थपिए ५६९ कोरोना संक्रमित 


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना संक्रमित थपिएका छन् ।

यस अवधिमा गरिएको एक हजार ९६० जनाको पिसीआर परीक्षणमा २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेहरुमा मोरङमा २५३ मध्ये विराटनगमा १४७, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा चार, भोजपुरमा तीन, सोलुखुम्बुमा दुई, पाँचथर, खोटाङ र तेह्रथुममा एक-एक र प्रदेश बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा संक्रमितको संख्या १८ हजार ९५३ पुगेको छ ।

यस प्रदेशमा आज ६१९ जना संक्रमित निको भई घर फर्केका छन् । निको भई घर फर्कनेको सङ्ख्या अहिलेसम्म १० हजार ७९८ पुगेको छ । अहिलेसम्म एक लाख ५८ हजार ९४८ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : ५५ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना