प्रदेश नं १ थपिए ५६९ कोरोना संक्रमित  « Khabarhub

प्रदेश नं १ थपिए ५६९ कोरोना संक्रमित 


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना संक्रमित थपिएका छन् ।

यस अवधिमा गरिएको एक हजार ९६० जनाको पिसीआर परीक्षणमा २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेहरुमा मोरङमा २५३ मध्ये विराटनगमा १४७, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा चार, भोजपुरमा तीन, सोलुखुम्बुमा दुई, पाँचथर, खोटाङ र तेह्रथुममा एक-एक र प्रदेश बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा संक्रमितको संख्या १८ हजार ९५३ पुगेको छ ।

यस प्रदेशमा आज ६१९ जना संक्रमित निको भई घर फर्केका छन् । निको भई घर फर्कनेको सङ्ख्या अहिलेसम्म १० हजार ७९८ पुगेको छ । अहिलेसम्म एक लाख ५८ हजार ९४८ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : ५५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको