गण्डकी प्रदेशमा २६९ संक्रमित थपिए, तीन जनाको मृत्यु « Khabarhub

गण्डकी प्रदेशमा २६९ संक्रमित थपिए, तीन जनाको मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका-१५ का ८१ बर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान होम आइसोलेसनमा रहेकै क्रममा निधन भएको छ भने स्याङ्जाको वालिङ नगरपालिका—५ का ७० वर्षीया महिलाको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

त्यस्तै बाग्लुङको गल्कोट नगरपालिका—३ का ७२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको बिहीबार साँझ पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार ३१६ पुगेको छ । प्रदेशमा हालसम्म ४ हजार २२१ जना सङ्क्रमित निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार २० जना रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ८ : २५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।