गण्डकी प्रदेशमा २६९ संक्रमित थपिए, तीन जनाको मृत्यु « Khabarhub

गण्डकी प्रदेशमा २६९ संक्रमित थपिए, तीन जनाको मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका-१५ का ८१ बर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान होम आइसोलेसनमा रहेकै क्रममा निधन भएको छ भने स्याङ्जाको वालिङ नगरपालिका—५ का ७० वर्षीया महिलाको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

त्यस्तै बाग्लुङको गल्कोट नगरपालिका—३ का ७२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको बिहीबार साँझ पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार ३१६ पुगेको छ । प्रदेशमा हालसम्म ४ हजार २२१ जना सङ्क्रमित निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार २० जना रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ८ : २५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा